नोभेम्बरमा जो बाइडेनविरुद्ध ट्रम्प उभिने लगभग निश्चित
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति पदको दाबेदारीमा रिपब्लिकन पार्टीको तर्फबाट पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प प्रतिद्वन्द्वी निक्की हेलीलाई उछिनेर निकै अगाडि पुगेका छन् । शनिवार मिसौरी, इदाहो र मिशिगनमा पनि ककसको निर्वाचन ट्रम्पले जितेका छन् । ट्रम्पले २४४ प्रतिनिधिको समर्थन पाएका थिए भने निक्की हेलीलाई २४ जना प्रतिनिधिले मात्र समर्थन गरेका थिए । राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारीका लागि १ हजार २१५ प्रतिनिधिको समर्थन आवश्यक छ । रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा अहिलेसम्म डोनाल्ड ट्रम्प अगाडि छन् ।
आइतबार कोलम्बियामा प्राइमरी चुनाव हुँदै छ । मंगलबार ‘सुपर ट्युसडे’ हो । यो एकै दिन १६ राज्यमा प्राइमरी निर्वाचन हुँदै छ । नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनअघि मंगलबार सबैभन्दा ठुलो मतदान हुनेछ र त्यो मतदानपछि निक्की हेली राष्ट्रपतिको दौडमा रहनेछिन् कि नोभेम्बरमा जो बाइडेन विरुद्ध डोनल्ड ट्रम्प उभिनेछन् भन्ने टुंगो लाग्नेछ । मिशिगनमा ट्रम्पले लगभग सबै ३९ प्रतिनिधिको समर्थन पाएका थिए ।
यी राज्यमा विजयी भएका छन् ट्रम्प
५ मार्चमा अलाबामा, अलास्का, अर्कान्सास, क्यालिफोर्निया, कोलोराडो, माइन, म्यासाचुसेट्स, मिनेसोटा, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी, टेक्सस, उताहा, भर्मन्ट, भर्जिनियामा प्राइमरी चुनाव हुँदै छ । हालसम्म ट्रम्पले आयोवा, न्यु ह्याम्पशायर, नेभादा, युएस भर्जिन आइल्याण्ड, साउथ क्यारोलिना, मिशिगन, मिसौरी र इडाहोमा विजय हासिल गरिसकेका छन् ।
निक्की हेलीले भने आफ्नो समर्थनमा पर्याप्त मानिसहरू जुटाउन असफल बनिरहेको देखिएकी छिन् । डोनाल्ड ट्रम्पले चुनावमा अवैध आप्रवासीको मुद्दा सशक्त रूपमा उठाइरहेका छन् । विशेष गरी टेक्सासमा मेक्सिकोसँग जोडिएको सीमाबाट अमेरिकामा अवैध रूपमा प्रवेश गर्ने मानिसहरू ठुलो समस्या बन्दै गएको छ । डोनाल्ड ट्रम्पले हालै अमेरिका–मेक्सिको सीमाको पनि भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण