मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एकैदिन तोलामा २ हजारले बढ्यो सुनको मूल्य

आइतबार, २० फागुन २०८०, ११ : ३४
आइतबार, २० फागुन २०८०

काठमाडौँ । आज एकैदिन सुनको मूल्यमा प्रतितोला २ हजार रुपैयाँले बढेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २ हजार रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ थियो । जुन, आज तोलामा १४ सय १० रुपैयाँ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप