गाजापट्टीमा पहिलो पटक अमेरिकी सैन्य विमानबाट राहत सामग्री खसालियो
गाजा । अमेरिकाले गाजामा पहिलो पटक मानवीय सहायता सैन्य विमानबाट खसालेको छ । तीन ओटा सैन्य विमानले ३८ हजार वटा खानेकुराको प्याकेट प्यारासुटबाट खसालेको थियो ।
यो वितरण कार्य जोर्डनको सैन्य बल र अमेरिकी सेनाले मिलेर गरेको हो । बिहीबार राहत सामाग्री वितरण भइरहँदा कम्तीमा ११२ जनाको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले राहत सामग्री प्यारासुटबाट वितरण गरिने घोषणा गरेका थिए ।
गाजामा ६ हप्ताको युद्धविराम सुरु भइरहँदा सहायता सामग्री विमानबाट खसालिएको हो । हमासले दयनीय अवस्थामा रहेका, बिरामी, घाइते, वृद्धवृद्धा र महिलाहरूलाई रिहा गर्न मान्यो भने शनिबारदेखि गाजामा ६ हप्तासम्म युद्धविराम हुने बताइएको छ । आइतबार कायरोमा युद्धविरामका मध्यस्थकर्ताहरू आइपुग्दैछन् ।
वार्ताका लागि हमास र इजरायल दुवै तर्फका प्रतिनिधिहरू आउने बताइएको छ । गाजामा यस अघि नै बेलायत, फ्रान्स, इजिप्ट र जोर्डनले विमानबाटै गाजामा सहायता सामग्री खसालिसकेका थिए । तर अमेरिकाले भने पहिलो पटक राहत सामग्री विमानबाट खसालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण