नापी सर्वेक्षक चौलागाई र लेखापढी गर्ने पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । कलंकीस्थित नापी कार्यालयमा सर्वेक्षकको रुपमा कार्यरत लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उनीहरुले जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा उनीहरुविरुद्ध बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ । आयोगका अनुसार लेखापढी गर्ने पोखरेलले सेवाग्रहीसँग लिएको एक लाख मध्ये ५० हजार सर्वेक्षक चौलागाईलाई दिएका थिए ।
आयोगले पोखरेलविरुद्ध बिगो ५० हजार कायम हुने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजायको मागदावी गरेको छ । त्यस्तै गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिइएको छ । त्यस्तै चौलागाईविरुद्ध ५० हजार बिगो कायम हुने गरी कैद सजायको मागदावी लिइएको जानकारी आयोगका प्रवक्ता नरहरि घिमिरेले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण