बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरपालिकाकै क्यान्टिनमा कैफियत, ५० हजार रुपैयाँ जरिवाना

आइतबार, २० फागुन २०८०, २३ : ३०
आइतबार, २० फागुन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । 

क्यान्टिनको खानाका विषयमा गुनासा आएसँगै अनुगमन गर्दा पकौडा बासी पाइएको, बासी खाना समेत खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिए । 

'मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो । हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ । यसलाई अटेर गरेपछि कारवाही गरेका हौँ' झाले भने, ‘हामीले नमूना परीक्षणका खानेकुरा मागेका थियौँ । सञ्चालकले खानेकुरा दिन मानेका थिएनन् ।’

अनुगमनपछि जरिवानासँगै खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन समेत निर्देशन दिइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप