महानगरपालिकाकै क्यान्टिनमा कैफियत, ५० हजार रुपैयाँ जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
क्यान्टिनको खानाका विषयमा गुनासा आएसँगै अनुगमन गर्दा पकौडा बासी पाइएको, बासी खाना समेत खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिए ।
'मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो । हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ । यसलाई अटेर गरेपछि कारवाही गरेका हौँ' झाले भने, ‘हामीले नमूना परीक्षणका खानेकुरा मागेका थियौँ । सञ्चालकले खानेकुरा दिन मानेका थिएनन् ।’
अनुगमनपछि जरिवानासँगै खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन समेत निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण