सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराष्ट्रपति भण्डारी वीरेन्द्रनगरमा

आइतबार, २० फागुन २०८०, १८ : २८
आइतबार, २० फागुन २०८०

सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीरेन्द्रनगर आइपुगेकी छन् ।

सोमबारदेखि वीरेन्द्रनगरमा हुने प्रदेशकै पहिलो महिला सम्मेलनमा सहभागी हुन् भण्डारी वीरेन्द्रनगर आइपुगेकी हुन् ।

भण्डारीलाई नेकपा एमालेका प्रदेश तथा सुर्खेतका नेताहरूले सुर्खेत एरपोर्टमा स्वागत गरेका थिए ।

पहिलो पटक हुन लागेको सम्मेलनमा प्रदेशका ७९ वटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष, आमा समूह, महिला नेत्री, अगुवा महिलाहरू सहभागी हुनेछन् ।

सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने मुख्य उद्देश्यसहित उक्त भेलाको आयोजना गरिएको वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप