विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
मङ्गलबार, २२ फागुन २०८०, ०६ : ५८

काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ः०० बजे बस्ने तय भएको छ ।
बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र परिदृश्य, आन्दोलनको तयारी , बृहत् मोर्चा निर्माण ,सङ्गठन सुदृढीकरण योजना ,प्रशिक्षण कार्यक्रम र सक्रिय सदस्यता वितरण अभियानका बारेमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा धारणा राख्नेछन् भने जिल्ला भ्रमण र प्रशिक्षण कार्यक्रमको कार्यतालिका पनि तय गरिने पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको स्वास्थ्यमा समस्या भएकाले सम्पर्क हुन नसकेको जवाफ पाएँ : प्रधानमन्त्री
-
गाजामा इजरायलको ताजा हमलामा कम्तिमा ४० भन्दा धेरैको मृत्यु
-
राजस्थान रोयल्सको अप्रत्यासित निर्णय, रियान परागलाई बनायो कप्तान
-
इपीजी प्रतिवेदन नेपालले नबुझ्ने भनेको छैन : प्रधानमन्त्री
-
‘आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक भनेर घोषणा गरिएको छ’
-
यसरी मनाइयो मुख स्वास्थ्य दिवस