नयाँ समीकरण
कर्णालीमा कांग्रेस मन्त्रीले राजीनामा दिँदै
मङ्गलबार, २२ फागुन २०८०, ११ : १३
सुर्खेत। केन्द्रमासर सत्ता समीकरण बदलिएसँगै कर्णालीमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने भएका छन्। आज नै मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा बुझाउने तयारी भइरहेको कांग्रेसबाट सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले राताेपाटीलाई जानकारी दिए ।
'केन्द्रमा समीकरण बदलिसकेपछि हामी सत्तामा बसिरहनुकाे औचित्य भएन, ' उनले भने, 'हामी मार्ग प्रशस्त गरिदिन्छाैँ ।' ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन जना मन्त्री रहेका छन् ।
कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए । मन्त्री विसीका अनुसार राजीनामा दिएर पत्रकार सम्मेलन समेत गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र एसिया समन्वय प्रदेश समितिको सह–इन्चार्जमा शर्मा
-
मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत गैरसंवैधानिक भएको भन्दै न्यायालय जाने कांग्रेसको चेतावनी
-
बुटवलको चौराहा चिडीयाखोला सडकको ठेक्का खारेज
-
काठमाडौँमा दुई जना मृत फेला
-
काठमाडौँमा पम्पबाट पानी तान्दा करेन्ट लागेर युवतीको मृत्यु
-
सवारी दुर्घटनामा दुई जनाको मृत्यु