नयाँ समीकरण
कर्णालीमा कांग्रेस मन्त्रीले राजीनामा दिँदै
मङ्गलबार, २२ फागुन २०८०, ११ : १३
सुर्खेत। केन्द्रमासर सत्ता समीकरण बदलिएसँगै कर्णालीमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने भएका छन्। आज नै मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा बुझाउने तयारी भइरहेको कांग्रेसबाट सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले राताेपाटीलाई जानकारी दिए ।
'केन्द्रमा समीकरण बदलिसकेपछि हामी सत्तामा बसिरहनुकाे औचित्य भएन, ' उनले भने, 'हामी मार्ग प्रशस्त गरिदिन्छाैँ ।' ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन जना मन्त्री रहेका छन् ।
कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए । मन्त्री विसीका अनुसार राजीनामा दिएर पत्रकार सम्मेलन समेत गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण