दिवा खाजामा स्थानीय परिकार समावेश गर्न सामुदायिक विद्यालयलाई निर्देशन
मङ्गलबार, २२ फागुन २०८०, १३ : ३२
कालीकोट । सान्नी त्रिवेणी गाउँपालिकाले दिवा खाजामा स्थानीय परिकार समावेश गर्न सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ । सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार प्रयोग गर्न थालेका छन् ।
गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा हरेक बार फरक–फरक परिकारको तालिका बनाइ कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको अहिले सोहीअनुसार दिवा खाजा खुवाउने गरिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख मोहनवीर धामीले बताए ।
“विद्यार्थीलाई स्थानीय मौलिक परिवार खिर, लिटो, फलफूल, दातभात, रोटीलगायतका खाजा खुवाउने गरेका छौँ”, उनले भने, “सबै सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार विद्यार्थी भए पनि तीन हजार विद्यार्थीलाई रैथाने बालीको खाजा गराएको छ ।” दिवा खाजा शिशुदेखि कक्षा ५ सम्म उपलब्ध गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण