काठमाडौँ लगातार तेस्रोपटक च्याम्पियन
काठमाडौँ । काठमाडौँ जिल्लाले १४ औँ बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।
विभिन्न १३ जिल्लाको सहभागितामा विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौँ ३१ स्वर्ण, १२ र ९ कांस्यसाथ समग्रमा मंगलबर टिम च्याम्पियन बनेको काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले जनाए । काठमाडौँ लगातार तेस्रोपटक च्याम्पियन बन्दै रनिङ सिल्ड आफ्नो नाममा लेखाउन सफल भयो ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ६ रजत र १३ कांस्य जितेको चितवन दोस्रो भयो । तेस्रो स्थानको ललितपुरले ५ स्वर्ण, ४ रजत र ६ कांस्य हात पार्यो ।
जम्मा ६६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा मकवानपुर र भुक्तपुरले समान ४–४, धादिङ, दोलखा, काभ्रे, सिन्धुली र नुवाकोटले समान २–२ तथा रामेछाप र सिन्धुपाल्चोकले समान १–१ स्वर्ण जिते ।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । यसै प्रतियोगिताबाट राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौँमा हुने १४ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि बागमतीबाट खेलाडी छनोट हुने छन् । केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ देखि ६ गतेसम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण