करारका कर्मचारीको म्याद थप गर्ने निर्णय
बुधबार, २३ फागुन २०८०, १३ : १८
विराटनगर । कोशी प्रदश सरकारले प्रदेशमा रहेका करारका कर्मचारीको म्याद थप गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले मोरङ र झापामा हालै भएको आगलागीमा परी जलनमा परेका बिरामीको उपचार खर्च व्यहोर्ने, सामाजिक विकास मन्त्रालयले पेस गरेको ‘एजेन्डा’ स्वीकृत गर्नाका साथै सोही मन्त्रालयले अन्तर प्रदेश खेलकुद प्रतियोगिताका लागि माग गरेको बजेट दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले प्रदेशको नामकरणका विषयमा सङ्घर्ष समितिसँग सरकारले वार्ता गरिरहेको र वार्तामा आएका विषयमा छलफल गरी निर्णय गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीव्र रुसी आक्रमणपछि हवाई प्रतिरक्षा प्रणालीका लागि नेटो गुहार्दै जेलेन्स्की
-
सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढ्यो
-
पहिरोका कारण सडक अवरुद्ध
-
यस्तो छ मौद्रिक नीतिको लक्ष्यअनुसारको कार्यान्वयन स्थिति (सूची)
-
घर कर्जाको सीमा ३ करोड, पहिलो घर खरिदमा ८० प्रतिशतसम्म ऋण पाइने
-
वित्तीय प्रणालीमा अधिक तरलता, बैंकहरूको कर्जा र निक्षेपको ब्याजदर थप घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण