सत्ता सहकार्यको रस्साकस्सी : जसपा र जनमत आन्तरिक छलफलमा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार–विमर्श गरेको छ ।
पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो । बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरुले आफ्नो धारणा राख्नुभएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
“आजको बैठकमा सबै नेताहरुले मधेस प्रदेश सरकारको निरन्तरताको प्रत्याभूति खोज्नुभयो भने सोहीअनुरुप आफ्नो धारणा पनि राख्नुभयो । परिस्थिति अत्यन्तै तरल छ, यसको टुङ्गो लागेपछि मात्रै पार्टी निर्णयमा पुग्छ”, उनले भने । प्रवक्ता सुमनका अनुसार सत्ता साझेदार दलको बैठकको निर्णयपछि पार्टीले पुनः बैठक बसेर आधिकारिक निर्णय गर्नेछ ।
जनमत पार्टीले पनि मधेस प्रदेश सरकारको विषयमा टुङ्गो लागेपछि थप निर्णय गर्ने भएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण