आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कबड्डी सुपर लिगमा आर्मी र पुलिस विजयी

बुधबार, २३ फागुन २०८०, १९ : ०१
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले बुधवारदेखि सुरु भएको महिला तथा पुरुष कबड्डी सुपर लिग प्रतियोगितामा सुखद सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा पुलिस महिलातर्फ र आर्मीले पुरुषमा सफलता हात पारेका हुन् ।

मानमती विष्टप्रेरित पुलिसले एपीएफलाई ३८–३० स्कोर हराउँदै सुखद सुरुवात गरेको हो । मानमती प्लेयर अफ दी म्याचसमेत भइन् । पुरुषमा भने आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफलाई ३९–२२ ले हरायो । दिनको तेस्रो खेल पुरुषतर्फ नेपाल पुलिस र उपत्यकाबिच तय थियो । तर उपत्यकाले वाक ओभर दिएपछि पुलिसले सहजै अङ्क प्राप्त गर्ने अवसर पायो ।

नेपाल कबड्डी संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषमा आर्मी, एपीएफ, नेपाल पुलिस र उपत्यकाले प्रतिस्पर्धा गरिरहेका छन् । महिलामा भने पुलिस, एपीएफ र उपत्यकाले प्रतिस्पर्धा गर्दैछन् । दुवैतर्फ लिगमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । महिला र पुरुष दुवैका विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रत्येक खेलका प्लेयर अफ दी म्याचले दुई हजार पाँच सय नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट पुरुष र महिला खेलाडीले भने ट्रफी पाउने संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप