बागमतीमा राजीनामा दिँदै कांग्रेसले भन्यो– लोकतन्त्रको असल अभ्यास गरेका छौँ
काठमाडौँ । बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । बुधबार साँझ कांग्रेसका ६ जना सांसदले सामूहिक राजीनामा दिँदै सरकारको विश्वासको मत र समर्थन फिर्ता लिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बुधबार साँझ कांग्रेसका ५ मन्त्री उपस्थित भएर मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा पत्र बुझाएका हुन् । राजीनामा बुझाउने समयमा कांग्रेसका एक मन्त्री भने उपस्थित भएनन् ।
राजीनामा बुझाउँदै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले लोकतन्त्रको असल अभ्यास गर्दै राजीनामा बुझाएको बताए । उनले सरकारको सहजता र नयाँ समीकरण निर्माणको लागि मार्ग प्रशस्त गरेको बताए । कांग्रेस लोकतन्त्रको अभ्यासलाई बलियो बनाउँदै संघीयतालाई सार्थक बनाउने तर्फ अग्रसर रहेको उनको भनाई छ ।
सरकारमा रहँदाका समयमा नागरिकको सेवामा सबै मन्त्रीहरुले महत्त्वपूर्ण योगदान गरेको उनले बताए । सरकारलाई सफल बनाउन कांग्रेसका मन्त्रीहरुले सकारात्मक दिशामा भूमिका निर्वाह गरेको उनको भनाई छ । वर्तमान राजनीतिक परिस्थितिका कारण सरकारबाट बाहिर रहेर नयाँ ढंगबाट अघि बढ्ने योजना कांग्रेसले लिएको उनले बताए ।
उनका अनुसार विशेष गरी केन्द्रको समीकरणले नै प्रदेश सरकारहरुको अवस्था निर्धारण गर्ने परिस्थिति रहेकाले कांग्रेस राजनीतिक सम्भावनाहरूलाई सदुपयोग गरेर अघि बढ्ने छ । सरकार बाहिर रहेर पनि नागरिकहरुको सेवा र विकास निर्माणका काममा सरकारसँग सहकार्य गर्ने नेता लामाले बताए ।
‘हामीले लोकतन्त्रको असल अभ्यास गर्दै सरकारबाट बाहिरिने निर्णय लिएका छौँ । लोकतन्त्रको अभ्यासको क्रममा यस्तो अवस्था बारम्बार चलिरहेको छ । सत्ता समीकरणमा सरकारको सहजताका लागि कांग्रेसले मार्ग प्रशस्त गरेर अघि बढ्ने निर्णय गरेको हो,’ उनले भने, ‘सरकारमा रहेर कांग्रेसले नागरिकको सेवा र विकास निर्माणको काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । बदलिएको राजनीतिक परिस्थितिमा कांग्रेस फरक ढंगबाट अघि बढ्ने तयारीमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण