भूकम्प प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गरिँदै
सुर्खेत । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गरिने भएको छ । त्यसका लागि भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान र कार्यक्रम सञ्चालन गरिने स्थानीय तहबिच बुधबार सम्झौता भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा तालिम सम्बन्धी छलफल भई हस्ताक्षर गरिएको छ ।
छेडागाड नगरपालिका, चौरजहारी नगरपालिका, बारेकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका र दार्मा गाउँपालिकाबाट प्रत्येक पालिकाबाट १२ जनाका दरले डकर्मीको लागि कार्यगत तालिम सञ्चालन गर्न लागिएको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक विष्णु प्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र सल्यानका सबै स्थानीय तहका जनप्रतिनिधिको पनि सहभागिता हुनेछ । डकर्मीलाई दिइने तालिम २० दिनको हुनेछ ।
भवन पुनर्निर्माणका विधि, भूकम्प प्रतिरोधी डिजाइनका सिद्धान्त र भूकम्प प्रतिरोधी अभ्यासको क्षमता विकास सम्बन्धी तालिम दिइने छ ।
तालिमका लागि १ करोड ४६ लाख बराबरको रकम खर्च हुने पनि बताइएको छ ।
भूकम्प प्रतिरोधी भवन निर्माण संहिता निर्माणमा समेत कार्यक्रमबाट सहयोग मिल्ने भूकम्प प्रविधि र राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले बताए ।
कार्यक्रममा मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट भूकम्पलाई अवसरका रुपमा उपयोग गरेर जानुपर्ने बताए ।
साथै शर्माले खोज उद्धार र राहतको काम प्रभावकारी भएपनि संघीय सरकारले कार्यविधि बनाउने लगायतका विषयमा ढिलाइ गरिरहेकोले पुनर्निर्माणमा समस्या भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण