‘ए डिभिजन’ क्लबबाट खेल्ने फुटबलर चोरीको मोबाइल र ल्यापटपसहित पक्राउ
काठमाडौं– ‘ए डिभिजन’ क्लवबाट राष्ट्रिय लिग र विभिन्न गोल्डकप खेल्दै आएका फुटवलर दिपेश श्रेष्ठ चोरीको मोवाईल र ल्यापटपसहित पक्राउ परेका छन् ।
उपत्यकाका विभिन्न स्थानबाट मोवाईल, ल्यापटप, आईप्याड जस्ता इलेक्ट्रोनिक सामाग्रिहरु चोरेर अनलाईन र फेसबुकमार्फत विक्री गर्दैै आएका फुटबलर दिपेश श्रेष्ठ र सिन्धुपाल्चोकका ‘बाच्छो’ भन्ने सुवास खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बताएका छन् ।
महानगरीय प्रहरी वृत बौद्ध र महानगरीय प्रहरी प्रभाग कपनबाट खटिको प्रहरी टोलीले बुधवार उनिहरुलाई काठमाडौं–६ रेम्बोडाँडाबाट नियन्त्रणमा लिएको बताइएको छ ।
‘ए डिभिजन’ क्लव सरस्वतिबाट खेल्दै आएका दिपेशले नेपाल पुलिस क्लवबाट पनी खेलिसकेका छन् । पछिल्लो समय हेटौँडामा भएको प्रतियोगिता र बिराट गोल्कपमा उनले हिमालय शेर्पा क्लवको जर्सी लगाएर मैदानमा उत्रिएका थिए ।
फुटबलर श्रेष्ठलाई नियन्त्रणमा लिएर काठमाडौं महानगरपालिका–६ रेम्बोडाँडामा रहेको उनको डेरामा खानतलासी गर्दा ३३ थान चोरीका मोबाइल, आईफोन प्याड २ थान, पावर बैंक ३ थान, सोनी कम्पनीको टेलिभिजन १ थान, साइन कम्पनीको कम्युटर मनीटर १ थान र दुई थान डिजीटल क्यामेरा बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
प्रहरीले खड्का र श्रेष्ठको साथबाट भारतीय रुपैयाँ दुई हजार, नेपाली रुपैयाँ ४३ हजार ५ सय, गियरवाला साईकल १ थान र विभिन्न कम्पनीका ५ थान ल्यापटप बरामद गरेको छ । उनीहरुमाथि चोरी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी पोखरेलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण