अपराधबाट सम्पत्ति जोडेका सुनिलकुमार सिंह सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर
काठमाडौँ । अपराधबाट गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा सुनिलकुमार सिंहलाई ३ वर्ष कैदको सजाय सुनाइएको छ । बिहीबार विशेष अदालतले सुनिल र उनकी पत्नी मिना कार्कीलाई क्रमशः ३ वर्ष र १ वर्ष ६ महिनाको कैद सजाय सुनाएको हो ।
विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सुनिलकुमार सिंहलाई ३ वर्ष कैद तथा उनकी पत्नी मिना कार्कीले डेढ वर्ष कैदको सजाय सुनाएका हुन् । आपराधिक कार्यबाट गैरकानुनी सम्पत्ति जोडेको कसुरमा सम्पत्ति शुद्धीकरण विभागले सुनिलकुमार सिंहविरुद्ध १ करोड १३ लाख १९ हजार ८५१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । सिंहसँगै उनकी पत्नी मिना कार्कीविरुद्ध पनि मुद्दा चलेको थियो ।
विशेष अदालतले गत फागुन १५ गते सुनिलकुमार सिंहलाई मुख्य दोषी र उनकी पत्नीलाई मतियारका रुपमा कसुर ठहर गरेको थियो । बिहीबार सजाय निर्धारणका लागि पेशी तोकिएकामा विशेष अदालतले सिंहलाई ३ वर्ष कैद र बिगोको दोब्बर अर्थात् २ करोड २६ लाख ३९ हजार ७०२ रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।
त्यसैगरी सिंहकी पत्नी मिना कार्कीलाई मतियारका रुपमा दोषी ठहर गरिएकामा १ वर्ष ६ महिना कैद र १ करोड १३ लाख १९ हजार ८५१ रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको हो । त्यस्तै मिना कार्कीको नाममा दर्ता कायम रहेको घरजग्गा, मिनाको नाममा रहेको सेयर तथा दुवैजनाको नाममा रहेको बैंक ब्यालेन्ससमेत जफत हुने फैसला भएको छ ।
भारत उत्तर प्रदेशका सुनिल कुमार सिंह विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्ति हुन् । उनीमाथि संगठित रुपमा अपहरण तथा शरीर बन्धक, अवैध हातहतियार र झुट्टा विवरण पेस गरी नेपाली नागरिकताको प्रमाण पत्र तथा राहदानी लिएको समेतका कसुरमा दोषी ठहर भइसकेका व्यक्ति हुन् । उनले आपराधिक क्रियाकलाप गरेर सम्पत्ति जोडेको, नेपाली नागरिकसँग विवाह गरी फिरौतीको रकम श्रीमतीको नाममा राखेको लगायतका कसुर गरेको भन्दै २०७९ फागुनमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुनिल कुमार सिंह र उनकी पत्नीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका थियो ।
सुनिल कुमार सिंह र उनकी श्रीमती मिना कार्कीले नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा १८ वटा खाता सञ्चालन गरेको पाइएको थियो भने झापा, सुनसरी र भक्तपुरका विभिन्न स्थानमा जग्गा जमिन खरिद विक्रीको कारोबार गरेको पाइएको थियो । उनीहरुले कसुरजन्य कार्यबाट सम्पत्ति जोडेको र बढिबढाउ गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । अदालतले उनीहरुलाई दोषी ठहर गरी कैद र जरिवानासहित सम्पत्ति जफत हुने फैसला सुनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण