महिलामैत्री नीति र कानुन निर्माण गर्न निरन्तर भूमिका खेल्नेछु : आरजु देउवा
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणा देउवाले महिलामैत्री नीति र कानुन निर्माणका लागि संसदमा क्रियाशील रहने बताएकी छिन । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद देउवाले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रवार एक विज्ञप्ति जारी गर्दै सूचना प्रविधिमा महिलाको पहुँच स्थापित गर्न नीतिगत सुधारमा क्रियाशील रहने बताएकी हुन् ।
‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले व्यक्तिगत रूपमा महिला मैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछु । प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारमा काम गर्नेछु’ उनले भनेकी छन्– ‘आजको दिन ग्रामीण सीमान्तकृत समुदायका महिलाहरूको प्रविधि साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरूको पहुँच पुर्याउने नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । महिला सशक्तीकरणको विषय केवल महिलाको मात्र मुद्दा होइन । यसका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक पर्दछ ।’
उनले विश्वभर आज पनि महिलामाथि कुनै न कुनै प्रकारका विभेदहरू कायमै रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अवसरमा महिलाहरूको पहुँच अझै पनि सन्तुष्ट हुने स्तरमा पुग्न नसकेको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण