कीर्तिमानी साता : ६ हजार रुपैयाँले सुनको मूल्य बढ्दा चाँदीको कति ?
काठमाडौँ । यो साता सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । गत पुसको १ लाख २२ हजार ५ सय रुपैयाँको रेकर्ड तोड्दै यो साता सुनको मूल्यले हालसम्मकै उच्च १ लाख २५ हजारको नयाँ रेकर्ड राख्न सफल भएको हो ।
गत साताको शुक्रवार छापावाला सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । लगत्तै फागुन २० गते आइतबार खुलेको बजारमा एकैदिन २ हजार रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख २१ हजार रुपैयाँमा उक्लियो ।
फागुन २२ गते सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पुनः २ हजार रुपैयाँले बढ्दै १ लाख २३ हजार रुपैयाँमा उक्लियो । यो नै पछिल्लो समयको उच्च मूल्य थियो । तर, पछिल्लो दिन बिहीबार थप २ हजार रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ पुगेपछि नयाँ कीर्तिमानी कायम भएको हो ।
यो साता ६ हजार रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ । यस्तै, तेजाबी सुनको पनि सोही मूल्यले वृद्धि हुँदै प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने यो साता प्रतितोला ८० रुपैयाँले मात्र वृद्धि भएको छ । गत शुक्रवार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको अन्तिम कारोबार दिन बिहीबार १ हजार ४ सय ७
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण