बेलायतकी पूर्व प्रधानमन्त्री थेरेसाले यो वर्षको चुनावमा भाग नलिने
शनिबार, २६ फागुन २०८०, ०८ : ३२
काठमाडौँ । बेलायतकी पूर्व प्रधानमन्त्री थेरेसा मेले राजनीतिबाट सन्यास लिने घोषणा गरेकी छन् । यसपटक उनी चुनाव लड्ने छैनन् । सन् २०१६ देखि २०१९ सम्म थेरेसाले बेलायतको प्रधानमन्त्रीको पदभार सम्हालेकी थिइन् ।
उनी २७ वर्षसम्म संसद्को तल्लो सदन हाउस अफ कमन्सकी सदस्य भएकी थिइन् । थेरेसा मे अहिले ६७ वर्षकी भइन् । उनी सन् १९९७ देखि कन्जरभेटिभ पार्टीकी सांसद थिइन् र बर्कशायर सिटबाट सात पटक निर्वाचित भइन् ।
यो घोषणासँगै उनी आगामी चुनावमा भाग नलिने घोषणा गरेका कन्जरभेटिभ पार्टीका करिब ६० सांसदमा सामेल भइन् । पूर्व क्याबिनेट मन्त्रीहरू बेन वालेस, साजिद जाभिद, डोमिनिक राम र क्वासी क्वार्टेङले आगामी चुनावमा भाग नलिने घोषणा यसअघि नै गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण