कर्णालीमा रासायनिक विषादी मुक्त सप्ताह
भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै त्यसलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरेको हो ।
सप्ताहको सुरुआत गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकार योजना बनाएर कार्यान्वयन गर्न अग्रसर भएको बताए । पछिल्लो समय मुटु र मिर्गौलाका रोगी बढ्दै गएका र यसको प्रमुख कारण रासायनिक विषादीको प्रयोग भएको मन्त्री शर्माको भनाइ थियो । मन्त्री शर्माले कर्णालीलाई रासायनिक विषादीको प्रयोगबाट मुक्त बनाउन गाउँगाउँसम्म सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
मन्त्रालयका सचिव डा नरहरिप्रसाद घिमिरेले रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै यसको निराकरण गर्न कर्णालीबाट सुरुआत गरिएको बताए । उनले विषादीको सट्टा अन्य विकल्प खोज्नुपर्नेमा जोड दिए । खाद्य वस्तुको बढ्दो माग आपूर्ति गर्न उत्पादन वृद्धिका नाममा विषादीको प्रयोग बढेको भन्दै उनले यसलाई न्यूनीकरण गर्न आवश्यक भएको बताए ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जनचेतनामूलक प्रसारप्रसार कार्यक्रम, जैविक विषादी र पासोजन्य सामग्रीको प्रदर्शन तथा वितरण, विषादीसम्बन्धी विद्यालयमा विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण