रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
सारांश
- पोर्चुगलले फिफा विश्वकप २०२६ को छनोट खेलमा उज्वेकिस्तानविरुद्ध पहिलो हाफमा ३-० को अग्रता लिएको छ ।
- कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने नुनो मेन्डेसले एक गोल थपे ।
- यस गोलसँगै रोनाल्डो लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘के’ अन्तर्गत मंगलबार राति अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा पोर्चुगलले उज्वेकिस्तानविरुद्ध ३–० को सहज अग्रता बनाएको छ । राति १०ः४५ बजे सुरु भएको पोर्चुगलको यस दोस्रो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई र नुनो मेन्डेसले एक गोल गरे । खेलको सुरुवातदेखि नै दबाब बनाएको पोर्चुगलका लागि रोनाल्डोले छैटौँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने १७ औँ मिनेटमा नुनो मेन्डेसले दोस्रो गोल थपे । पहिलो हाफ सकिनुअघि ३९ औँ मिनेटमा रोनाल्डोले पुनः गोल गरेपछि पोर्चुगल बलियो स्थितिमा पुगेको हो ।
यस खेलसँगै कप्तान क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा एक ऐतिहासिक र दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनी लगातार ६ वटा फिफा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् । रोनाल्डोले सन् २००६ मा आफ्नो डेब्यु विश्वकपमा पहिलो गोल गरेका थिए भने सन् २०१० र २०१४ मा पनि १–१ गोल गर्न सफल भएका थिए । यस्तै, सन् २०१८ को विश्वकपमा स्पेनविरुद्ध ह्याट्रिकसहित ४ गोल गरेका उनले २०२२ मा पनि १ गोल गरेका थिए । जारी २०२६ को विश्वकपमा समेत गोल गरेपछि उनले सन् २००६ देखि २०२६ सम्मका सबै ६ वटै विश्वकप संस्करणमा गोल गर्ने कीर्तिमान पूरा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण