बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
अपडेट

पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)

मङ्गलबार, ०९ असार २०८३, २३ : ४८
मङ्गलबार, ०९ असार २०८३

काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई ललितपुरको पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राख्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए । यसअघि पौडेललाई प्रहरी प्रभाग सानेपामा राख्ने तयारी गरिएको थियो । परिसर ललितपुरका एक जना अधिकृत भन्छन्, ‘शुरुमा सानेपा लाने तयारी गरिएको थियो, फेरी पुल्चोकमै राख्ने कुरा भयो ।’ 

सम्पत्ति शुद्धीकरण मुद्दामा यसअघि पक्राउ परेका दीपक भट्टलाई सानेपामा राखिएको थियो । पौडेलले आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई शेयर खरिदमा सहजीकरण गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आरोप छ । पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका हुन् । मन्त्री पदको दुरुपयोग गरेर पौडेलले भट्टलाई श्रीराम टोवाको प्रालिको शेयर खरिदमा सहजीकरण गरेको विभागका अधिकृतहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप