जीतपुरसिमरा वडा नम्बर २० द्वारा आफ्नै भवनबाट सेवा सुरु
बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० ले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । करिब ७ वर्षसम्म भाडाको भवनमा वडा कार्यालय सञ्चालन गरेकोमा बिहीबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।
करिब ७६ लाख लगानीमा नव निर्मित वडा भवनबाट वडावासीहरूलाई सेवा दिन पाएकोमा वडाध्यक्ष रसुल मियाँ अन्सारीले खुशी व्यक्त गरेका छन् । उनले पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष ३६ लाख र तेस्रो वर्ष १० लाख वडा कार्यालयको बजेटले २ तलाको वडा कार्यालय भवन निर्माण गरिएको बताए ।
यसअघि गाँउको भाडाको साँघुरो २ वटा कोठाबाट सेवा दिनुपर्दा असाध्यै समस्या हुँदै आएको थियो । नयाँ वडा भवनमा शौचालय, सभा हलसहित सुविधा सम्पन्न ६ वटा कोठा निर्माण गरिएको छ । वडा कार्यालय भवन निर्माणको लागि १६ कट्ठा ऐलानी जग्गा भोग चलनका आधारमा दुधेश्वरनाथ ओझाले दान गरेका हुन् ।
जीतपुर सिमरा उपमहानगर अन्तर्गत रहेका २४ वटा वडा कार्यलयहरु मध्ये केहीले पुरानो गाविस तथा सार्वजनिक भवनहरूबाट सेवा दिइरहेका छन् भने विगतमा भाडाको भवनबाट सेवा दिइरहेका केही वडाले नयाँ भवन निर्माण गरेका छन् ।
बिहीबार उद्घाटन गरिएको वडा नं २० को नवनिर्मित वडा भवन बारा ४ (क) का प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन गरेका हुन् । सो कार्यक्रममा उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारी सहितका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण