शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जीतपुरसिमरा वडा नम्बर २० द्वारा आफ्नै भवनबाट सेवा सुरु

शनिबार, २६ फागुन २०८०, ११ : ४९
शनिबार, २६ फागुन २०८०

बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० ले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ ।  करिब ७ वर्षसम्म भाडाको भवनमा वडा कार्यालय सञ्चालन गरेकोमा बिहीबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । 

करिब ७६ लाख लगानीमा नव निर्मित वडा भवनबाट वडावासीहरूलाई सेवा दिन पाएकोमा  वडाध्यक्ष रसुल मियाँ अन्सारीले खुशी व्यक्त गरेका छन् । उनले पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष ३६ लाख र तेस्रो वर्ष १० लाख वडा कार्यालयको बजेटले २ तलाको वडा कार्यालय भवन निर्माण गरिएको बताए । 

यसअघि गाँउको भाडाको साँघुरो २ वटा कोठाबाट सेवा दिनुपर्दा असाध्यै समस्या हुँदै आएको थियो । नयाँ वडा भवनमा शौचालय, सभा हलसहित सुविधा सम्पन्न ६ वटा कोठा निर्माण गरिएको छ । वडा कार्यालय भवन निर्माणको लागि १६ कट्ठा ऐलानी जग्गा भोग चलनका आधारमा दुधेश्वरनाथ ओझाले दान गरेका हुन् । 

जीतपुर सिमरा उपमहानगर अन्तर्गत रहेका २४ वटा वडा कार्यलयहरु मध्ये केहीले पुरानो गाविस तथा सार्वजनिक भवनहरूबाट सेवा दिइरहेका छन् भने विगतमा भाडाको भवनबाट सेवा दिइरहेका केही वडाले नयाँ भवन निर्माण गरेका छन् । 

बिहीबार उद्घाटन गरिएको  वडा नं २० को नवनिर्मित वडा भवन बारा ४ (क) का प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन  गरेका हुन् । सो कार्यक्रममा उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारी सहितका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

w11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप