बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

संसद्को सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसले दाबी गर्ने

शनिबार, २६ फागुन २०८०, १३ : ४७
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । संसदमा प्रमुख प्रतिपक्षी दल बनेसँगै नेपाली कांग्रेसले संसद्को सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने भएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो समितिको नेतृत्वमा कांग्रेसले दाबी गर्ने रातोपाटीलाई जानकारी दिए । 

संघीय संसद्का १६ वटा विषयगत समितिमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिने गरिएको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिने प्रचलन रही आएको छ । 

माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकार रहेका बेला प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमाले सो समितिको नेतृत्व पाएको थियो । एमाले सांसद ऋषिकेश पोखरेल हाल यो समितिका सभापति रहेका छन् । 

सार्वजनिक निकायका आर्थिक क्रियाकलाप, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू यो समितिको कार्यक्षेत्र रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप