अर्थमन्त्री पुनले किन डाके पूर्व अर्थमन्त्री र पार्टीका अर्थ विभाग प्रमुखहरू ?
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आइतबार सिंहदरबारमा पूर्वअर्थमन्त्रीहरु र सत्ता गठबन्धन दलका अर्थ विभाग हेर्ने प्रमुख नेताहरुलाई बैठकमा डाकेका छन् । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटेसँगै गत फागुन २१ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय जनता समाजवादी पार्टी (राजपा) समेतको चार दलीय नयाँ सत्ता समीकरण बनेको थियो । योसँगै सरकारको नेतृत्वकर्ता समेत रहेको नेकपा माओवादी केन्द्रको तर्फबाट पुनले अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए ।
फागुन २४ गते पदभार ग्रहण गरेका मन्त्री पुनले लगत्तै फागुन २७ गते आर्थिक क्षत्रसँग सम्बन्धित पूर्व अर्थमन्त्रीहरू र पार्टीका अर्थ विभाग हेर्ने नेता तथा प्रमुखहरूलाई छलफलमा बोलाएका हुन् ।
खासगरी अर्थमन्त्री पुनले सत्ता साझेदार गठबन्धनबिच आगामी नीति तथा कार्यक्रम, बजेटको तयारी र साझा धारणा तयार गर्न आवश्यक सल्लाह सुझाव दिन बैठक डाकिएको उनको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण