साफ यु-१६ महिला च्याम्पियनसिपको फाइनलमा भारत र बंगलादेश भिड्दै
काठमाडौँ । साफ यु-१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आइतबार भारतले बंगलादेशको सामना गर्दैछ । खेल दिउँसो ३ः०० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।
समूहग चरणको खेलमा बंगलादेश पहिलो र भारत दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् । घरेलु टोली नेपाल र भुटान भने समूहगत चरणबाटै बाहिरिएका थिए । समूहगत चरणको खेलमा बंगलादेशले तीनवटै खेलमा जित हात पारेको थियो । आफ्नो पहिलो खेलमा बंगलादेशले घरेलु टोली नेपालमाथि २-० गोलको जित हासिल गरेका थियो ।
यसैगरी दोस्रो खेलमा बंगलादेशले भारतलाई ३-१ गोलले पराजित गरेको थियो । बंगलादेशले आफ्नो तेस्रो खेलमा भुटानमाथि ६-० गोलको सजिलो जित हासिल गरेको थियो । भारत भने समूहगत चरणमा तीनमध्ये दुई खेल जित्दै फाइनलमा पुगेको हो । भारतले समूहगत चरणको आफ्नो पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो ।
अर्को खेलमा भारतले नेपाललाई १०-० गोलको फराकिलो अन्तरले हराएको थियो । नेपालले भने समूहगत चरणमा एक खेलमात्र जित्न सक्यो । नेपालले भुटानलाई ३-० गोलले हराएको थियो । भुटान भने समूहगत चरणमा आफूले खेलेको तीनवटै खेलमा पराजित भयो । जारी प्रतियोगितामा हालसम्म बंगलादेशकी सौरभी अकान्दा प्रितीले पाँच गोल गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण