सङ्क्रमणकालीन न्यायको काम टुङ्ग्याउने सहयोग रहन्छ: अमेरिका

काठमाडौँ । अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरेका थिए ।
भेटका क्रममा राजदूत थम्पसनले संक्रमणालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुङ्गो लाग्ने र त्यस लगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गरे ।
‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुङ्गिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ’, राजदूत थम्पसनले भने, ‘त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।’
उनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरू धेरै देशहरू पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे ।
भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता पनि जनाए । यस्तै उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्ने चासो राखेका थिए ।
जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकामा राजदूत थम्पसनलाई धन्यवाद दिए ।
यस्तै उनले एमसीसी परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज