बंगलादेशलाई उसैको मैदानमा हराएपछि श्रीलंकाली खेलाडीले जिस्काउँदै सम्झाए ‘टाइम आउट’ को घटना
काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा बंगलादेशलाई उसैको घरेलु मैदानमा हराएपछि श्रीलंकाली खेलाडीहरुले बंगलादेशी खेलाडीलाई एउटा पुरानो घटना स्मरण गराउँदै जिस्काएका छन् । श्रीलंकाले शनिबार सम्पन्न तेस्रो तथा अन्तिम टी-२० क्रिकेटमा बंगलादेशलाई उसैको घरेलु मैदानमा २८ रनले हराएको थियो । त्यसपछि श्रीलंकाले तीन खेलको शृंखला पनि २-१ ले जितेको थियो ।
शृंखला जितेपछि खुसीयाली मनाउने क्रममा श्रीलंकाली खेलाडीले केही समयअघि सम्पन्न आईसीसी एकदिवसीय विश्वकपका क्रममा भएको घटना सम्झाउँदै बंगलादेशी खेलाडीलाई जिस्काएका हुन् । खासमा भारतमा सम्पन्न एकदिवसीय विश्वकपका क्रममा बंगलादेशी खेलाडीले श्रीलंकाका ब्याट्सम्यानविरुद्ध ‘टाइम आउट’ को ‘अपिल’ गरेका थिए । त्यसपछि अम्पायरले श्रीलंकाली ब्याट्सम्यान एन्जेलो म्याथ्युजलाई ‘टाइम आउट’ दिएका थिए ।
आफ्नो हेलमेटको पित्ता चुँडिएका कारण एन्जेलो म्याथ्युज निर्धारित समयभन्दा केही ढिलो मैदानमा प्रवेश गरेका थिए । एन्जेलो म्याथ्युजले मैदानमा प्रवेश गर्न ढिलो गरेपछि बंगलादेशी खेलाडीले उनीविरुद्ध ‘टाइम आउट’ को माग गरेका थिए । एन्जेलो म्याथ्युजले आफ्नो हेलमेटको फित्ता चुँडिएको जानकारी गराए पनि बंगलादेशी टोलीका कप्तान सकिब अल हसनले आफ्नो अपिल फिर्ता लिन मानेका थिएनन् ।
अहिले आएर श्रीलंकाली खेलाडीले त्यही घटना सम्झाउँदै बंगलादेशी खेलाडीलाई जिस्काएका हुन् । खुसीयाली मनाउने क्रममा सबैजना श्रीलंकाली खेलाडीले अम्पायरले टाइम आउट दिँदा गर्ने संकेतजस्तै संकेत गरेका थिए । खासमा विश्वकपको त्यो घटना आफूहरुले अझै नभुलेको संकेत श्रीलंकाली खेलाडीले बंगलादेशी खेलाडीलाई दिएका हुन् । खेसियाली मनाउँदा श्रीलंकाली खेलाडीले आफ्नो एउटा हातको औँलाले अर्को हाडको नाडीमा छोएर बंगलादेशी खेलाडीलाई जिस्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण