गठबन्धन बन्नु–भत्कनु राजनीतिमा सामान्य कुरा हो : सांसद आलेमगर
आइतबार, २७ फागुन २०८०, १५ : २४

काठमाडौँ । माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य सुरेशकुमार आलेमगरले राजनीतिमा गठबन्धन बन्नु–भत्कनु सामान्य कुरा भएको बताएका छन् आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नयाँ गठबन्धन र सहकार्य फेरिनु राजनीतिमा सामान्य भएको बताए ।
उनले भने– ‘इमान, बेइमान, धोकाको कुरा पनि सुनियो । मलाई के लाग्छ भने आफूसँग हुँदा बढी इमान्दार, नहुँदा बेइमान । त्यस्तो हुनुहुँदैन । राजनीतिमा यसलाई स्वभाविक रुपमा लिनुपर्छ । आजको सहयात्रीको भोलिको फेरि सहयात्री बन्न सक्दछ । आजको सहयात्री भोलि सहयात्री नबन्न पनि सक्दछ । यसलाई यही रुपमा लिन ठीक हुन्छ ।’
उनले गठबन्धन बदलिएसँगै सदनमा सांसदहरुको सिट परिवर्तन हुनु सामान्य विषय भएको बताउँदै आज सहकार्य नभएको दलसँग भोलि सहकार्य हुनसक्ने पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट