सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

७ महिनामा ‘ब्यालेन्स अफ पेमेन्ट’ २ खर्ब ९७ अर्बले बचतमा

आइतबार, २७ फागुन २०८०, १६ : ०३
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा मुलुकको चालु खाता र शोधनान्तर स्थिति दुवै आकर्षक बचतमा रहन सफल भएको छ । राष्ट्र बैंकले आइतबार जारी गरेको वित्तीय रिपोर्टअनुसार माघ मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट) २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको छ भने चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोडले बचतमा रहँदा यता चालू खाता ४० अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको थियो । घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले कमी आई रु.३ अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड रुपैयाँले धनात्मक रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप