७ महिनाको वैदेशिक व्यापार घाटा ८ खर्ब ११ अर्ब रुपैयाँ !
आइतबार, २७ फागुन २०८०, १६ : १६
काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ११ अर्ब रुपैयाँ खुद व्यापार घाटा बेहोरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको माल वस्तु आयात गरेको नेपालले सोही समयमा यताबाट मुस्किलले ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको निर्यात गर्न सकेको हो ।
यद्यपि, आयात र निर्यात दुवै घट्या समीक्षा अवधिमा व्यापार घाटा समेत केही घट्न पुगेको छ । आर्थिक वर्ष २०७९/८० को ७ महिनामा १९.९ प्रतिशतले आयात र २९ प्रतिशतले निर्यात घटेकोमा यो वर्ष आयात निर्यात क्रमशः २.३ प्रतिशतले र ७.१ प्रतिशतले घट्न पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
जसअनुसार यो वर्षको माघ मसान्तसम्म मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ । यो अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतले कमी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण