भारतलाई हराउँदै बंगलादेशले चुम्यो साफ यु-१६ महिला च्याम्पियनसिपको उपाधि
काठमाडौँ । साफ यु-१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार खेलिएको फाइनल खेलमा बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै उपाधि चुमेको हो ।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि हार-जितको निणर्य पेनाल्टी सुटआउटबाट निकालिएको थियो । पेनाल्टी सुटआउटमा भने बंगलादेशले बाजी मार्यो । खेल सुरु भएको चौथो मिनेटमा भारतले अग्रता लिएको थियो । ६८ औँ मिनेटमा बंगलादेशले जवाफी गोल गरेको थियो ।
समूहग चरणको खेलमा बंगलादेश पहिलो र भारत दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा पुगेका थिए । घरेलु टोली नेपाल र भुटान भने समूहगत चरणबाटै बाहिरिएका थिए । समूहगत चरणको खेलमा बंगलादेशले तीनवटै खेलमा जित हात पारेको थियो ।
आफ्नो पहिलो खेलमा बंगलादेशले घरेलु टोली नेपालमाथि २-० गोलको जित हासिल गरेका थियो । दोस्रो खेलमा बंगलादेशले भारतलाई ३-१ गोलले पराजित गरेको थियो । बंगलादेशले आफ्नो तेस्रो खेलमा भुटानमाथि ६-० गोलको सजिलो जित हासिल गरेको थियो ।
भारत भने समूहगत चरणमा तीनमध्ये दुई खेल जित्दै फाइनलमा पुगेको हो । भारतले समूहगत चरणको आफ्नो पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो । अर्को खेलमा भारतले नेपाललाई १०-० गोलको फराकिलो अन्तरले हराएको थियो ।
नेपालले भने समूहगत चरणमा एक खेलमात्र जित्न सक्यो । नेपालले भुटानलाई ३-० गोलले हराएको थियो । भुटान भने समूहगत चरणमा आफूले खेलेको तीनवटै खेलमा पराजित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण