अलपत्र पुल चाँडो बनाउन भन्दै समाजवादी मोर्चा रुकुमले बुझायो ज्ञापनपत्र
रुकुम । सडक सञ्चालनमा आएको १७ वर्षसम्म पनि खोलामा पुल नबनेको भन्दै समाजवादी मोर्चा रुकुम पश्चिमले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लाको पितिवाङ्ग खोलाको मोटरेबल पुल छिटो निर्माण गर्न मोर्चाले ज्ञापन पत्र बुझाएको हो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले ज्ञापन पत्र बुझ्दै पुल छिटो भन्दा छिटो निर्माणको काम थाल्न आफ्नो तहबाट पहल भइरहेको बताए । मुसिकोट नगरपालिका—११ र १२ मा पर्ने पितिवाङ्ग खोलाको पुल पहिलोपटक ठेक्का सम्झौता भएको ४ वर्ष भयो । तर, अहिलेसम्म कुनै प्रगति भएको छैन । राप्ती लोक मार्गमा यो पुल नबन्दा बर्षातको समयमा यात्रु तथा सवारी साधनहरु आवतजावतमा समस्या हुने गरेको छ ।
संरक्षण निर्माण सेवा प्रालि र सडक डिभिजन कार्यालय चौरजहारी बिच २०७६ असारमा ४ करोड १२ लाख बढी रकममा निर्माण सम्झौता भए पनि अहिले पुलको काम अलपत्र अवस्थामा छ ।
मोर्चाको जनसंघर्ष कार्यक्रम अन्तर्गत ज्ञापन पत्र बुझाइएको र आगामी चैत ७ गतेभित्र निर्माणको कार्य सुचारु नगरे थप सङ्घर्षका कार्यक्रमहरू घोषणा हुने समाजवादी मोर्चा रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले बताए ।
उनका अनुसार उक्त ज्ञापन पत्र जिल्लास्थित सबै प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसद तथा सबै सरोकारवाला निकायहरूलाई पनि पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण