राष्ट्रिय सभा अध्यक्षको निर्वाचन : आज प्रस्तावको सूचना दिने कार्यक्रम
काठमाडौँ । संघीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सचिवालयले आइतबार कार्यतालिका सार्वजनिक गर्दै सोमबार प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको छ । पर्सि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । आज साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ ।
सत्ता समीकरण फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आमनेसामने हुने भएका छन् । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । उता नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठुलो पार्टी छ । उसका उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठुलो दल हो । एमालेबाट १० जना सांसद छन् राष्ट्रिय सभामा छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण