राष्ट्रिय सभा अध्यक्षको निर्वाचन : आज प्रस्तावको सूचना दिने कार्यक्रम

काठमाडौँ । संघीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सचिवालयले आइतबार कार्यतालिका सार्वजनिक गर्दै सोमबार प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको छ । पर्सि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । आज साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ ।
सत्ता समीकरण फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आमनेसामने हुने भएका छन् । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । उता नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठुलो पार्टी छ । उसका उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठुलो दल हो । एमालेबाट १० जना सांसद छन् राष्ट्रिय सभामा छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट
-
कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?
-
नेपाली सूचीकृत कम्पनीमा अन्तर्राष्ट्रिय दिगोपना मापदण्ड भित्र्याउन नेप्सेको पहल