सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

७ प्रदेशको ७ महिनाको खर्च जम्मा ५१ अर्ब !

सोमबार, २८ फागुन २०८०, १३ : २०
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा ७ वटा प्रदेशले जम्मा ५१ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेका छन् । राष्ट्र बैंकले जारी गरेको माघ मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार प्रदेशहरूले १ खर्ब १ अर्ब २९ करोड रुपैयाँ स्रोत परिचालन गर्दै ५१ अर्ब ७४ करोड खर्च गरेका हुन् ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ७१ अर्ब ६३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २९ अर्ब ६६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप