सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
ओस्कार अवार्ड

को हुन् ओपेनहेइमर ? जसको जीवनीमा आधारित फिल्मले ७ ओटा ओस्कार जित्यो

सोमबार, २८ फागुन २०८०, १४ : २१
सोमबार, २८ फागुन २०८०

काठमाडौं । तीन घण्टाको लामो बायोपिक थियो हलिउड फिल्म ‘ओपेनहाइमर’ । यो फिल्मले बक्स अफिसमा अप्रत्याशित रूपमा अर्बौँ डलर कमायो । 

भर्खरै सम्पन्न भएको ओस्कार अवार्डमा यो फिल्मले ७ ओटा ओस्कार अवार्ड हात पार्‍यो । फिल्मले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट अभिनेतालगायत अवार्ड जित्यो ।

  • को थिए रोबर्ट ओपेनहाइमर ? 

जुलियस रोबर्ट ओपेनहाइमर परमाणु बमका पिता हुन् । ओपेनहाइमरको जन्म सन् १९०४ को अप्रिल २२ मा न्यूयोर्क सहरमा एक यहुदी परिवारमा भएको थियो । उनका पिता जुलियस जर्मन आप्रवासी थिए । उनको कपडा व्यवसाय थियो । 

उनकी आमा एला फ्राइडम्यान चित्रकार थिइन् । उनको परिवार धेरै पुस्तादेखि न्यूयोर्कमा बस्दै आएका थिए । ओपनहेइमरका कान्छा भाइ पनि थिए फ्रान्क ।

उनका हजुरबुवा सन् १८८८ मा एक पैसा नलिई जर्मनीबाट अमेरिका पुगेका थिए । अंग्रेजी बोल्न पनि जान्दैनथे । तर एउटा टेक्सटाइल  कम्पनीमा काम गर्न थालेको एक दशकमै उनी निकै धनी भए । त्यसपछि उनको परिवार सन् १९११ मा म्यानहट्टन बसाई सरेर गयो । रोबर्ट र उनका कान्छो भाइ फ्रान्क दुवै भौतिक वैज्ञानिक थिए ।

Oppenheimer-j_r

  • पढाइ

रोबर्टले न्यूयोर्कको एथिकल कल्चर स्कुलमा अध्ययन गरे । हार्वर्ड विश्वविद्यालयबाट सन् १९२२ मा रसायनशास्त्रमा बीए गरे । क्याभेन्डिस प्रयोगशालामा पढ्नका लागि भनेर उनी सन् १९२५ मा बेलायतको क्याम्ब्रिज गए । 

एक वर्षपछि उनी जर्मनीको गोटिङ्गेन विश्वविद्यालयको सैद्धान्तिक भौतिकी संस्थानमा नोबेल पुरस्कार विजेता म्याक्स बोर्नसँग अध्ययन गर्न गए ।

सन् १९२७ मा भौतिकशास्त्रमा पीएचडी गरेपछि ओपेनहाइमर अमेरिका फर्किए । सन् १९२९ मा उनले क्यालिफोर्निया विश्वविद्यालय – बर्कले र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी दुवै पढाउन थाले । 

उनी क्वान्टम मेकानिक्स र सैद्धान्तिक भौतिकी पढाउँथे । सन् १९४९ मा  उनले जर्मन–अमेरिकी वनस्पतिशास्त्री र जीववैज्ञानिक क्याथरिन पुएनिंगसँग बिहे गरे । यो दम्पतीका दुई छोराछोरी थिए पिटर र क्याथरीन ।

800px-Groves_and_Oppenheimer

  • परमाणु बम बनाउने परियोजनामा सामेल

ओपेनहाइमरको भेट केही दिग्गज वैज्ञानिकहरूसँग भयो । उनीहरूसँग काम गर्दै गर्दा उनी मेरिकामा परमाणु बम बनाउने परियोजना म्यानहट्टन परियोजनामा सामेल भए । सन् १९४२ मा ओपेनहाइमरलाई लस अलामोस, न्यू मेक्सिकोमा नयाँ हतियार प्रयोगशालाको निर्देशक नियुक्त गरियो । यो प्रयोगशालालाई परमाणु बम विकास गर्ने  जिम्मा दिइएको थियो । 

यो परियाजनालाई म्यानहट्टन परियोजना कोड नाम दिइएको थियो । अमेरिकाभर कयौँ गोप्य स्थानमा म्यानहट्टन परियोजनाका प्रयोगशालाहरु थिए ।

Leiden_Kamerlingh-Onnes_Lab

लस अलामोसमा ओपेनहाइमरले आणविक बम बनाउने गुत्थी सुल्झाउन भौतिकशास्त्रमा बेस्ट ब्रेन मानिने वैज्ञानिकहरूलाई भेला गरे । अर्को साढे दुई वर्षसम्म काम गरेपछि उनले जे बनाउन खोजेका थिए त्यो बनाउन सफल भए । अमेरिकी सरकारले उनलाई १९४५ को गर्मीयाम सम्ममा युरेनियम बम ‘लिटिल ब्वाई’ र प्लुटोनियम बम ‘फ्याट म्यान’ बनाउन आदेश दियो ।

  • यसरी सुरु भयो परमाणु युग

सन् १९४५ को जुलाई १६ मा ओपेनहाइमर र लस अलामोसका वैज्ञानिकहरूले प्लुटोनियम आणविक बमको पहिलो परीक्षण गरे । जोन डोनको कविताको नाममा यो परीक्षणलाई ट्रिनिटी परीक्षणको नाम दिइएको थियो । 

उनीहरूले लस अलामोसबाट २१० माइल दक्षिणमा रहेको साइटमा बम विस्फोट गर्ने एउटा कुनो रोजे ।  यो कुनोलई ‘जोर्नाडा डेल मुएर्टो’  वा ‘मृत्युको यात्रा’ भनेर चिनिन्थ्यो । परीक्षण बिहान ४ बजे सुरु हुनेवाला थियो । तर वर्षाका कारण परीक्षण थाँती राख्नु पर्‍यो । तर बिहान ठिक ५ः ३० बजे वैज्ञानिक र कर्मचारी आश्रयस्थलमा लुकेपछि बम विस्फोट भयो । अनि सुरु भयो परमाणु युग ।

यसको ठिक तीन हप्तापछि सन् १९४५ को अगस्ट ६ मा एनोला गे एयरप्लेनबाट हिरोशिमामाथि लिटिल ब्वाई खसालियो । त्यसको तीन दिन पछि अगस्त ९ मा नागासाकीमा फ्याट म्यान खसालियो । यी दुई परमाणु बम पड्किँदा करीब २ लाख मानिसको मृत्यु भएको थियो ।

Trinity_Detonation_T&B

  • आफ्नै सृजना देखेर डराए ओपनहेइमर

ओपेनहाइमरको वर्षौँको परिश्रम सफल भयो । अमेरिकाले जे चाहेको थियो त्यो पूरा भयो । तर आफूले बनाएको परमाणु बमको भयानक शक्ति र क्षति देखेर स्वयम् ओपनहाइमर डराए । 

ट्रिनिटी टेस्ट गर्ने बिहान लस अलामोसको नियन्त्रण कक्षमा उनको दिमागमा भगवत गिताका यी शब्दहरू गुन्जिरहेको थियो । ‘म मृत्यु बनेको छु, संसारको विनाश गर्नेवाला ।’

दोस्रो विश्वयुद्ध समाप्त भएपछि म्यानहट्टन परियोजनालाई परमाणु ऊर्जा आयोगको मातहतमा ल्याइयो । जसमा ओपेनहाइमरले सामान्य सल्लाहकार समितिको अध्यक्षको रूपमा काम गरे । 

त्यहाँ उनले हाइड्रोजन बमको विकासको कडा विरोध गरे । यो बम उनले बनाएको परमाणु बमभन्दा हजार गुणा बढी शक्तिशाली हुनेवाला थियो । यसपछि ओपेनहाइमरले जागिर छोडे । उनले विश्वभरका वैज्ञानिक संस्थाहरूमा व्याख्यान र परामर्श दिन थाले । सन् १९६७ को फेब्रुअरी १८ मा घाँटीको क्यान्सरका कारण ६२ वर्षको उमेरमा उनको मृत्यु भयो ।

  • संस्कृत सिकेका थिए ओपनहेइमरले

ओपेनहाइमरले सन् १९३० को दशकको सुरुमै संस्कृत सिकेका थिए । गीता बाहेक उनले कालिदासद्वारा लिखित मेघदूत समेत पढेका थिए । उनी भगवत् गीताका फ्यान थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप