मन्दीमा फस्नबाट जोगियो जापानी अर्थतन्त्र
टोकियो । जापानी अर्थतन्त्र आर्थिक मन्दीमा फस्नबाट जोगिएको छ । संशोधित तथ्यांकअनुसार एक वर्ष अघिको सोही अवधिको तुलनामा सन् २०२३ को अन्तिम त्रैमासमा जापानको अर्थतन्त्र शून्य दशमलव ४ प्रतिशतले बढेको छ । योसँगै अर्थतन्त्र प्राविधिक मन्दीमा जानबाट जोगिएको छ ।
गएको महिना सार्वजनिक भएको प्रारम्भिक तथ्यांकले भने अर्थतन्त्र लगातार दोस्रो त्रैमासमा पनि खुम्चिएको देखाएको थियो । लगातार दुई त्रैमाससम्म अर्थतन्त्र खुम्चिनुलाई अर्थशास्त्रको भाषामा आर्थिक मन्दी भनिन्छ । तर पनि संशोधित तथ्यांक अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा चाँहि कम हो । संशोधित तथ्यांकले चौथो त्रैमासमा अर्थतन्त्र करिब १ प्रतिशतले बढेको देखाउन सक्ने अनुमान गरिएको थियो ।
डिसेम्बर त्रैमासमा कम्पनीहरूले आ–आफ्नो व्यवसायमा गरेको लगानीको आकार उच्च रहेको गएको हप्ता अर्थ मन्त्रालयले प्रकाशित गरेको तथ्यांकले देखाएपछि अर्थतन्त्र मन्दीमा जानबाट जोगिएको आशा बढेको थियो । हालैका त्रैमासहरूमा जापानको आर्थिक वृद्धिदर असमान देखिएको छ । छिमेकी चीनको अर्थतन्त्रमा आएको सुस्ती र घरेलु कार निर्माता कम्पनी दाइहात्सुको उत्पादन रोक्ने आदेशका कारण चालु त्रैमासमा जापानी अर्थतन्त्र पुनः खुम्चने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण