कविता
जून
सोमबार, २८ फागुन २०८०, १५ : २३
आकाशको जून
अचानक–अनायास
फुत्त
भूइँमा खस्यो
जून
सदैव कहाँ
चम्कँदो रहेछ र ?
आकाशमा
सधैँ चम्कने जून
पृथ्वीमा
खस्न समेत नपाइ
छिनमै
आफैँ निभ्यो धिपिक्क
र
संसार अँध्यारो भयो
आहा !
जून त आकाशमै
ठिक हुँदो रहेछ
नहान तारो जूनलाई
जूनको आँशुले बग्नेछौ तिमी
नपार
घाइते पनि जूनलाई
केवल
जूनको आँशुले मात्रै पनि
तिमी
खङ्ग्रङ्ग डढ्ने छौ
सृष्टिदेखि नै
निरन्तर हाँसिरहेको जून
रोएकै दिन/रोएकै क्षण
फेरि
कहिल्यै नहाँस्ने गरी
सिङ्गै
पृथ्वी रुने छ क्वाँ... क्वातिसँग
र
तिमी पनि !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण