मालिन्डो एयरको विमान धावनमार्गबाट चिप्लियो, विमानस्थल बन्द
काठमाडौँ - मालिन्डो एयरको विमान बिहिबार राती ठूलो दुर्घटनाबाट जोगिएको छ ।
काठमाडौँबाट मलेसियाको क्वाललम्पुर उडान भर्ने क्रममा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।
काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार विमानमा १ सय २२ जना यात्रु सवार थिए ।
घटनामा कुनै पनि मानवीय क्षति नभएको पोखरेलले बताए ।
उनीहरुको सकुशल उद्दार गरिएको छ ।
विमानले ९ बजेर ४५ मिनेट जाँदा विमानस्थलबाट उडान भर्नुपर्ने थियो ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले विमान नहटाई धावनमार्ग खुल्ने अवस्था नभएको बताए ।
जहाजको अघिल्लो पांग्रा जमिनमा भासिएपछि रातिदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएकाे छ ।
अवतरणको तयारीमा रहेका जहाजहरुलाई कोलकाता र दिल्ली डाइभर्ट गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ठूलो दुर्घटना टरेको छ । यसअघि बंगला एयरको जहाज अवतरणको क्रममा रनवेभन्दा बाहिर पुगेर दुर्घटना हुँदा ५० यात्रुको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण