शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा घुस लिँदै गरेका दुई प्रहरी पक्राउ

सोमबार, २८ फागुन २०८०, १९ : ४४
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । महोत्तरीबाट घुस लिँदै गरेको अवस्थामा दुई जना प्रहरीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी चौकी कान्तिबजारका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) शर्मा प्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झा छन् । 

आरोपीहरुको साथबाट २० हजार घुस लिएको रकम बरामद गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले रातोपाटीलाई बताए । गौशाला नगरपालिका–१२ स्थित गौरीटोलबाट पक्राउ गरेर उनीहरूमाथि अख्तियारको कार्यालय बर्दिबासले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप