महोत्तरीमा घुस लिँदै गरेका दुई प्रहरी पक्राउ
सोमबार, २८ फागुन २०८०, १९ : ४४
काठमाडौँ । महोत्तरीबाट घुस लिँदै गरेको अवस्थामा दुई जना प्रहरीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी चौकी कान्तिबजारका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) शर्मा प्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झा छन् ।
आरोपीहरुको साथबाट २० हजार घुस लिएको रकम बरामद गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले रातोपाटीलाई बताए । गौशाला नगरपालिका–१२ स्थित गौरीटोलबाट पक्राउ गरेर उनीहरूमाथि अख्तियारको कार्यालय बर्दिबासले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण