इजरायलको आक्रमणमा परी चर्चित प्यालेस्टाइनी फुटबलरको निधन
काठमाडौँ । गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी प्यालेस्टाइनका फुटबल खेलाडी मोहम्मद बराकातको निधन भएको छ । इजरायली सेनाले गरेको बमबारीमा परी फुटबलर मोहम्मद बराकातको निधन भएको समाचारमा जनाइएको छ ।
इजरायलले सोमबार खान युनिसस्थित मोहम्मद बराकातको घरमा पनि बमबारी गरेको थियो । बराकात प्यालेस्टाइनका प्रभावशाली फुटबल खेलाडी थिए । उनी प्यालेस्टाइनी फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी पनि हुन् ।
उनले आफ्नो सक्रिय खेलजीवनमा हालसम्म एक सय १४ गोल गरेका छन् । ३९ वर्षीय बराकात आहली गाजा क्लबबाट व्यावसायिक फुटबल खेल्थे । उनी प्यालेस्टाइनको फुटबलमा ‘दी लिजेन्ड अफ खान युनिस’ को उपनामले चर्चित थिए ।
उनी खान युनिस क्लबका कप्तान पनि थिए । उनले जोर्डन थुप्रै क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । यसका अतिरिक्त उनले साउदी अरेबियन क्लब अल-शोलाबाट पनि केही समय व्यावसायिक फुटबल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण