व्यवसायीले जमिन खाली गर्न अटेर गरेपछि नगरप्रमुख एक्सनमा, हङकङ बजारमा डोजर चल्दै
सुर्खेत । सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरेपनि व्यवसायीहरूले अटेर गरेपछि आज वीरेन्द्रनगर नगरपालिकाले डोजर चलाउने भएको छ । वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरप्रमुख मोहनमाया ढकालले डोजर चलाउने भएकी हुन् ।
त्यसका लागि नगरपालिकाले आवश्यक तयारी गरिरहेको छ । ११ बजेतिर उक्त क्षेत्रमा डोजर लिएर जाने र संरचना भत्काउने तयारी भइरहेको नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले रातोपाटीलाई जानकारी दिए ।
माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले पटक–पटक संरचना हटाउन आग्रह गरेपनि अटेर गरिरहेकाले आज नगर आफैँले भत्काइदिने गरी एक्सनमा उत्रिएको हो ।
नगरप्रमुख मोहनमाया ढकालले उक्त क्षेत्रमा पार्किङ, बगैँचा लगायतका संरचना बनाइने बताउँदै आएकी छिन् । पटक–पटक आग्रह गर्दापनि अटेर गरेपछि नगर आफैँले भत्काइदिने ढकालले चेतावनी दिँदै आएकी थिइन् । नगरले डोजर चलाएको खण्डमा उक्त क्षेत्रमा १२५ जना साना व्यवसायीहरू विस्थापित हुनेछन् ।
५० को दशकयता ती व्यवसायीहरू भाडामा जमिन प्रयोग गरेर संरचना बनाई व्यवसाय गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण