मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनामा ७ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार, ३० फागुन २०८०, ११ : २६
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । एक महिनाको अवधिमा सुनको मूल्य प्रतितोला ७ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन महिनाको १ गतेदेखि ३० गतेसम्मको अवधिमा सुनको मूल्य प्रतितोला ७ हजार ३०० रुपैयाँले बढेको हो ।

यो महिनाको १ गते छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ थियो । जुन, आज ३० गते १ लाख २५ हजार रुपैयाँ कायम भएर कारोबारमा आएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, १ गते तोलामा १ लाख १७ हजार १५० रहेको तेजाबी सुनको मूल्य आज १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ ।

यो महिना नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान नै कायम गर्‍यो । फागुन २७ गते सुनको मूल्य तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेको थियो । यो मूल्य तीन दिनसम्म स्थिर कायम भयो । नेपाली बजारमा अहिलेसम्म सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेको थिएन ।

यस्तै, यो महिना चाँदीको मूल्य ७० रुपैयाँले बढेको छ । महिनाको सुरुवातमा १३ सय ९५ रुपैयाँ कायम चाँदीको मूल्य अन्तिममा १४ सय ६५ रुपैयाँ कायम हुँदै कारोबार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप