एक महिनामा ७ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ । एक महिनाको अवधिमा सुनको मूल्य प्रतितोला ७ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन महिनाको १ गतेदेखि ३० गतेसम्मको अवधिमा सुनको मूल्य प्रतितोला ७ हजार ३०० रुपैयाँले बढेको हो ।
यो महिनाको १ गते छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ थियो । जुन, आज ३० गते १ लाख २५ हजार रुपैयाँ कायम भएर कारोबारमा आएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, १ गते तोलामा १ लाख १७ हजार १५० रहेको तेजाबी सुनको मूल्य आज १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ ।
यो महिना नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान नै कायम गर्यो । फागुन २७ गते सुनको मूल्य तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेको थियो । यो मूल्य तीन दिनसम्म स्थिर कायम भयो । नेपाली बजारमा अहिलेसम्म सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेको थिएन ।
यस्तै, यो महिना चाँदीको मूल्य ७० रुपैयाँले बढेको छ । महिनाको सुरुवातमा १३ सय ९५ रुपैयाँ कायम चाँदीको मूल्य अन्तिममा १४ सय ६५ रुपैयाँ कायम हुँदै कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण