जापान स्पेस वन प्रोजेक्टलाई झट्का, उडे लगत्तै पड्कियो रकेट

टोकियो । व्यावसायिक अन्तरिक्ष दौडमा सामेल हुने जापानको प्रयासलाई धक्का लागेको छ । टोकियोस्थित स्टार्ट अप कम्पनी स्पेस वनको निजी क्षेत्रबाट अन्तरिक्षमा पुग्ने देशको पहिलो कम्पनी बन्ने प्रयास तुहिएको छ । पश्चिमी जापानको स्पेस पोर्ट किइबाट कम्पनीले प्रक्षेपण गरेको ‘काइरोस’ रकेट प्रक्षेपण लगत्तै विस्फोट भएको छ । स्पेस वनले १८ मिटर लम्बाइको २३ टनको सानो, ठोस इन्धनवाला काइरोस रकेटको बुधवार उद्घाटन प्रक्षेपण गरेको थियो ।
यो रकेटले सरकारी उपग्रह बोकेको थियो । तर बिहान ११ः०१ बजे उडेको केही सेकेन्डमै रकेट विस्फोट भयो । अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूमा हावामा रकेट पड्किएर धुवाँको मुस्लो आएको, आगो बलेको, रकेटका टुक्राटाक्री नजिकका पहाडमा छरिएको देखिन्छ । विष्फोटलगत्तै अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास सुरु गरेकोले कसैलाई घाउ चोट भने नलागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ