वीरेन्द्रनगरको हङकङ बजार र गोदामलाइन क्षेत्रमा डोजर चलेपछि तनाव, तीन जना सामान्य घाइते
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–६, को हटियालाइन, हङकङ बजार र गोदामलाइन क्षेत्रमा नगरपालिकाको डोजर चलेपछि अवस्था तनावग्रस्त बनेको छ । सार्वजनिक जमिनमा सटर लगाई बसेका व्यवसायीहरुको सटरमा डोजर चल्न थालेपछि व्यवसायीहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् । नगरपालिकाले सुरुमा हटियालाइनतर्फबाट डोजर चलाउन सुरु गरेको थियो ।
सुरुको पसलमा डोजर चलाएपछि व्यापारीहरुले डोजरमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् । व्यवसायीको ढुङ्गा प्रहारबाट नगरपालिकाको डोजरको सिसा पूर्ण रुपमा फुटेको छ भने चालक लगायतका तीन जना सामान्य घाइते भएका हुन् ।
अवस्था तनावग्रस्त बनेपछि त्यहाँ नजिकै आएको प्रहरीको गस्तीले कुनै एक्सन लिएन । नगरपालिकाका कर्मचारीहरुले सहयोग माग्दा पनि माथिको आदेश नआएको भन्दै प्रहरी मुकदर्शक बनेर हेरिरह्यो । त्यसपछि नगरपालिकाको टोली ब्याक हुनुपर्यो । नगरपालिकाका एक कर्मचारीले भने, ‘हामीमाथि ढुङ्गामुढा हान्दा पनि शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरी मुकदर्शक बन्न मिल्छ ?’
घटनास्थलमा खटिएका प्रहरीहरु भने माथिबाट कुनै आदेश नआएको र माथिनै सोध्न आग्रह गर्दछन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रुपेश खड्काले घटनाबारे अनभिज्ञता प्रकट थरे । उनले आफू बुझिरहेको बताए । प्रहरी किन मुकदर्शक ? भन्ने प्रश्नमा उनले रातोपाटीसँग भने, ‘त्यस्तो त हुन नपर्ने हो के भएछ म बुझ्छु ।’
नगरपालिकाले सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि आफैँले डोजर चलाउन सुरु गरेको हो । सनिबारदेखि व्यवसायीहरु आर्थिक मन्दीका बिचमा कुनै विकल्प नदिएको भन्दै आन्दोलनमा थिए । तर, नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल जसरी भएपनि जग्गा खाली गराइछाड्ने अडानमा थिइन् ।
आज बिहानैदेखि नगरपालिकाले डोजर लगायत कर्मचारी तयारी अवस्थामा राखेपछि व्यवसायीहरु सामान उठाउन थालिरहेका थिए । डोजर चल्नुपुर्व पनि केही समय सामान उठाउन दिन आग्रह गरिरहेका थिए । तर, डोजर चलाउन सुरु गरेपछि प्रतिकारमा उत्रिएका छन् ।
नगरले अहिले हटाउन थालेको स्थानमा १२५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेको छन् । यता नगरप्रमुख मोहनमाया ढकालले सिडिओसँग कोडिनेशन गरिरहेको बताइन् । अहिले पनि नगरका कर्मचारीहरु डोजरसहित घटनास्थलभन्दा केही माथितिर उभिरहेका छन् भने प्रहरी पनि त्यहाँ तैनाथ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण