रोहन र अमितको उत्कृष्ट साझेदारीसँगै पुलिस सजिलै हरायो लुम्बिनी प्रदेशलाई
काठमाडौँ । ‘कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ को मंगलबार खेलिएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई आठ विकेटले हराएको छ । प्रतियोगितामा हालसम्म तीन खेल खेलेको पुलिस क्लबको यो दोस्रो जित हो ।
एक खेलमा भने पुलिस क्लब पराजित भएको थियो । चौथो खेल खेलेको लुम्बिनी प्रदेशको भने यो पहिलो हार हो । यसअघि खेलिएको आफ्नो तीनवटै खेलमा लुम्बिनी प्रदेश विजयी भएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले १६.५ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
पुलिस क्लबको जितमा ओपनर ब्याट्सम्यान रोहन बीकेले अविजित ८० रनको योगदान गरे । उनले केवल ५० बलमा चार छक्का र सात चौका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान अमित श्रेष्ठले पनि ४९ रन बनाए । उनले ३८ बलमा सात चौका प्रहार गरे । रोहन र अमितले टोलीका लागि एक सय २२ रनको साझेदारी गरे ।
पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशका लागि ओपनर मृनाल गुरुङले अर्धशतकीय पाली खेले । उनले ३८ बलमा ६ चौकाको मद्दतले ५० रन बनाए । कप्तानसमेत रहेका अर्का ओपनर देब खनालले पनि टोलीको खातामा ४५ रन थपे । देवले पनि ३८ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काए । दुबै ओपनर ब्याट्सम्यानले ७३ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान आकाश त्रिपाठीले पनि टोलीको खातामा ३४ रन थपे । उनले २६ बलमा एक छक्का र चार चौका प्रहार गरे ।
विकेटकिपर ब्याट्सम्यान प्रज्ज्वल थापा ११ रनमा अविजित रहे । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा केवल तीन रन पायो । पुलिस क्लबका बलर अभिषेक कार्की र मञ्जित श्रेष्ठले दुई(दुई विकेट लिए । ललित भण्डारीले पनि एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण