खतरनाक केमिकलको ट्याङ्कीमा खस्यो बिरालो
टोकियो । जापानको एउटा सहरमा खतरनाक केमिकलको ट्याङ्कीमा एउटा बिरालो खसेको छ ।
हिरोशिमा प्रिफेक्चरको फुकुयामा सहरमा रहेको नोमुरा मेक्की फुकुयामा कारखानामा आइतबार रातिको समयमा यो घटना भएको थियो । यो घटनापछि अधिकारीहरूले गस्ती बढाएका छन् । स्थानीयहरूलाई बिरालोको नजिकमा नजान अनुरोध गरिएको छ ।
बिरालो क्यान्सर गराउने केमिकल हेक्जाभ्यालेन्ट क्रोमियम राखिएको ट्याङ्कीमा खसेको थियो । सप्ताहन्तपछि कर्मचारीहरू कारखाना फर्किदा ट्याङ्कीलाई छोपिएको एउटा सिट अलिकति च्यात्तिएको पाए । यो केमिकल विशेष गरी आँखा, छाला र स्वासप्रश्वास प्रणालीका लागि खतरनाक बताइन्छ । कारखानाका कर्मचारीहरू प्राय प्रोटेक्टिभ कपडा लगाएर बस्ने गरेका छन् ।
सोमबार बिहान कर्मचारीहरूले कारखानाको भुँइमा बिरालोको पञ्जाको छाप भेटेको कारखानाका म्यानेजर आकिहिरो कोबायाशीले बताएका थिए । वरपर बिरालोको खोजी गरिएको भएपनि भेटिएन । बिरालो जिउँदो छ कि मरिसक्यो भन्ने थाहा हुन सकेको छैन । तर कर्मचारीहरुले बिरालोको खोजी तीव्र पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण