सहकारी पीडितले आज काठमाडौँमा प्रदर्शन गर्ने
काठमाडौँ । देशका विभिन्न स्थानबाट काठमाडौँ आएका सहकारी पीडितहरूले आज जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेका छन् । चैत मसान्तभित्र सबै सहकारी पीडितहरूको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरूको सम्बोधन नभएको भन्दै पीडितहरूले काठमाडौँका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन् ।
पीडितहरूले आजको प्रदर्शनका लागि कालीमाटी, गोङ्गबु नयाँ बसपार्क एरिया नजिकको बिजी मल, सिफल चौर शंखपार्क, र जावलाखेलबाट ११ बजे र्याली निकालेर पाँचै टोली सुनधारामा भेला हुने तय छ । त्यहाँबाट भृकुटीमण्डप पुगी पीडितहरूले कोणसभा गर्ने कार्यक्रम छ ।
सहकारी पीडितहरूको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)ले गरेको छ । काठमाडौँ उपत्यकासहित देशभरि विभिन्न सहकारीमा सञ्चालकबाट ठगिएका बचतकर्ता व्यवसायी र सर्वसाधारणहरूले महिनौँदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । तर, सरकारले पीडितको समस्या समाधान नै हुने गरी कुनै पहल लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण