शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेका ५ जना काठमाडौँबाट पक्राउ

बिहीबार, ०१ चैत २०८०, १२ : ३४
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ५ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-६ तिनचुली बुद्धभूमि टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका-४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई नगद ४० हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप